Responsive Ad Slot

latest

सर्लाहीको नेत्रगंजबाट ६ लाखको अवैध सूर्ती बरामद

Tuesday, February 12

/ by Unknown

सर्लाही, १ फागुन / सर्लाहीको नेत्रगंज ७ बस्ने बचुवन अन्सारी घरबाट आन्तरिक राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले करिब ६ लाख बराबरको अबैध सुर्ती हिजो बरामद गरेको छ । अन्सारीको घरमा लुकाई राखेको अवस्थामा अनुसंधान टोलीले ११४ बोरा सुर्ती बरामद गरेको नवलपुर प्रहरी चौकीका इन्चार्ज नायव प्रहरी निरीक्षक टलक बहादुर भण्डारीले जानकारी दिनुभयो । बिशेष सुराकीका अधारमा पथलैयाबाट आएका तीन जनाको टोली सुर्ती बरामद गरेको हो ।  बरामद गरिएको सूर्तीको बजार मूल्य करिब ६ लाख रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सूर्तीलाई हिजो नै आवश्यक अनुसंधानका लागि आन्तरिक राजश्व कार्यालय पथलैया लगिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI