Responsive Ad Slot

latest

चितुवाको छाला र हड्डीसहित पक्राउ परेका सार्वजनिक

Wednesday, February 13

/ by Unknown
चितवन, २ फागुन/ चितुवाको छाला र हड्डीसहित पक्राउ परेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।पूर्वीचितवनको शक्तिखोरबाट हिजो साँझ पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरूमा चितवन चण्डीभञ्ज्याङ–३ बस्ने एकबहादुर गुरुङ, काउले–८ बस्ने १८ वर्षीय उमेश गुरुङ र मकवानपुर दामन–५ बस्ने ३२ वर्षीय सुमन रायमाझी छन् ।प्रहरीले पक्राउ गरेका व्यक्ति र बरामद चितुवाको छाला र हड्डीलाई आजै जिल्ला वन कार्यालय चितवनलाई बुझाएको छ । पक्राउ परेकाहरूले प्रहरीलाई दिएको बयानअनुसार चण्डीभञ्ज्याङ–१ मा चरणका लागि लगिएका गाईको बाच्छी तथा बाख्रा मारेर चितुवाले सताउन थालेपछि अभियुक्त एकबहादुरले चितुवाले मारेको सिनोमा विषादी हालेर छाडेका थिए । त्यसको २/३ दिनपछि सोही स्थाननजिकैको खोल्सामा चितुवा मृत अवस्थामा भेटिएको बताइएको छ ।अभियुक्त एकबहादुरका अनुसार बरामद भएको चितुवाको छाला तथा हड्डी ८० हजार रुपैयाँमा बिक्री गर्ने योजना बनाइएको थियो । उनीहरूलाई जिल्ला वनले आजैबाट अनुसन्धान प्रक्रिया थाल्ने जिल्ला वन कार्यालय चितवनका सहायक वन अधिकृत इमानाथ पौडेलले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI