Responsive Ad Slot

latest

अनैतिक कार्यमा संलग्न १३ पक्राउ

Friday, February 15

/ by Unknown
पोखरा , फाल्गुन ४ - सामाजिक अपराध नियन्त्रण अभियान थालेको प्रहरीले अनैतिक कार्यमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पोखरा ६ लेकसाइडस्थित सितारा होटलबाट ६ जोडी युवायुवतीलाई प्रहरीले पक्रेको हो । अनैतिक कार्यमा सहयोग पुर्‍याएको भन्दै प्रहरीले होटलका प्रबन्धक दिपक न्यौपानेलाई समेत पक्राउ गरेको छ । पक्राऊ सबैलाई प्रहरीले केही सार्वजनिक अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरी उपरीक्षक केदार रिजालले वेश्यावृत्ति हुने होटल सञ्चालकलाई समेत कारबाही र घरधनीलाई सचेत गराइने बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI