Responsive Ad Slot

latest

आत्मदाहको प्रयास गरेका तिब्बती युवकको मृत्यु

Thursday, February 14

/ by Unknown
फागुन ३ । हिजो राजधानीको बौद्ध स्तुपामा आत्मदाहको प्रयास गरी शरिरमा आगो लगाएका तिब्बती युवकको मृत्यु भएको छ । राजधानीको बौद्ध स्तुपा हिजो बिहान पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका डोमेन डुक्चेको उपचारको क्रममा गए राति नै मृत्यु भएको हो । आत्मदाह प्रयास गर्दा गर्दै प्रहरीले उद्धार गरेका डुक्चेको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार डुक्चेको ९० प्रतिशत शरीर जलेको थियो ।सेप्टेम्बर २ मा नसकेपछि फेबु्रअरी १३ स्वतन्त्र तिब्बत माग गर्दै आत्मदाहको एक सय औं घटना काठमाडौंमा गराउने प्रयासका लागि केही दिनअघि भारतको धर्मशालाबाट ३० जनाको टोली नेपाल छिरेको बुझिएको छ । गुप्तचरी स्रोतका अनुसार पछिल्लो तिब्बती प्रजातन्त्र दिवस सेप्टेम्बर २ का दिन बौद्ध स्तुपा परिसरमै आत्मदाहको प्रयास असफल भएपछि फेरि ल्होसारको विशेष पूजाका दिन हिजो रोजिएको हो । हिजो आत्मदाह प्रयास गर्ने डुक्चे र सेप्टेम्बर २ मा सोही आत्मदाह प्रयास गर्ने व्यक्ति एकै भएको बताइएको छ । स्वतन्त्र तिब्बतको माग गर्दै चिन लगायत नेपाल , भारतमा आत्मदाह प्रयास गर्ने तिब्बतीमध्ये ८३ जनाको मृत्यु भैसकेकोे छ ।
 
Don't Miss
© all rights reserved
made with by netKUTI