Responsive Ad Slot

latest

लागूऔषध प्रयोग अभियोगमा पक्राउ परेका गायक सुगम पोखरेल मुक्त

Saturday, February 9

/ by Unknown
लागूऔषध प्रयोग अभियोगमा पक्राउ परेका गायक सुगम पोखरेल मुक्त
काठमाडौं, माघ २७ । लागूऔषध प्रयोग अभियोगमा पक्राउ परेका चर्चित पप गायक सुगम पोखरेल हिरासत मुक्त भएका छन् । शुक्रबार सेतोपुलबाट लागूऔषध प्रयोग अभियोगमा पक्राउ परेका पोखरेललाई परिवारको पत्यक्ष निगरानीमा पुनःस्थापना गृहमा राख्ने सल्लाहसहित मुक्त गरिएको लागूऔषध कानून कार्यान्वयन ईकाईं नयाँवानेश्वरका डिएसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

डिएसी रेग्मीले गायक पोखरेलको साथबाट लागूऔषध फेला नपरेपनि उनीसँगै पक्राउ परेका अन्यको साथबाट भने एकदेखि ढेड ग्राम खैरो हेरोइन फेला परेको बताए । तथापी गायक पोखरेल लागूऔषध प्रयोगकर्ता भएको भने अनुसन्धानका क्रममा खुलेको रेग्मी जानकारी दिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI