Responsive Ad Slot

latest

बिश्वकै ठूलो हनुमान मूर्ति शिलन्यास (फोटो फिचर सहति )

Saturday, February 16

/ by Admin BHOLA THAPA
बिश्वकै ठूलो हनुमान मूर्ति शिलन्यास (फोटो फिचर सहति ) कपिल ज्ञवाली बुटवल, ५ फागुन /भारतिय सु—प्रशिद्ध योगी आदीत्यनाथ महाराजले नेपाललाई हिन्दुराज्य कायमै राख्ने दाबि गर्नुभएको छ । उहाले बिश्वको एकमात्र हिन्दु राज्यलाई नेपालका नेताहरुले अदूरदर्शिताका कारण धर्म नष्ट गर्न लागेको भन्दै आपत्ती जनाउनुभयो । नेपाल देश हिन्दुधर्मको धरोहर भएकाले धर्म रक्षाका लागि युवापुस्ता लाग्नुपर्ने बताउनुभयो । बुटवलको जितगढीमा बिश्वकै ठूलो हनुमानको मूर्ति स्थापनाका लागि शिलन्यास पछि आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै उहाले नेपाललाई बिभिन्न बाहानामा टुक्राएर धर्म कमजोर बनाउने खेल भैरहेको भन्दै नेपालको पहिचान हिन्दुधर्म नै भएको उहाको जिकिर थियो । ‘सत्य सनातन धर्मको सुरक्षा गर्नु प्रत्येक नेपालीको दायित्व हो ’उहाको भनाई छ । नेपालका गोर्खालीको बिश्वमा छुट्टै पहिचान रहेको स्मरण गर्दै उहाले जहा धर्म हुन्छ त्यहा शक्ति हुने भन्दै भगवान हनुमानको शक्तिले धर्मनिरपेक्षलाई हराउने दाबि गर्नुभयो । नेपाली जनताले चाहेमा बिश्वका सय करोड नागरिकहरुलाई नेपालमा ल्याउन सकिने उल्लेख गर्दै आदित्यानाथले आबश्यक परेको खण्डमा आफ्नो भूमिका रहने उहाको भनाई छ । गोरक्षनाथ मन्दीरका उत्तराधीकारी रहनुभएका उहाले ऐतिहासिक, पुरातात्विक, सास्कतिक र पर्यटकिय बिकासमा टेवा पुर्याउने उद्धेश्यका साथ थालिएको अभियानमा आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो । योगीले नेपाल र भारतको सदियौ देखि रहदै आएको साँस्कृतिक एवं धार्मिक सम्बन्ध प्रगाढ हुने विश्वाश व्यक्त गर्नुभयो । गुरु गोरक्षनाथको आशिर्वादका कारण पृथ्बीनारायण शाहले नेपालको एकिकरण गर्न सफल भएको उहाको दाबी छ । नेपालको एकिकरण गर्ने राजा पृथ्बीनारायण शाहका आराध्य देवताको रुपमा चिनिने भारतको गोरखपुरस्थित गुरु गोरक्षनाथ मन्दीरका उत्तराधीकारी तथा बिधायक योगि आदीत्यनाथ नेपालमा यसअघि नवलपरासीमा आउनुभएको थियो । संकटमोचन हनुमान धाम समिती जितगढी बुटवलका अध्यक्ष अशोक कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष गणेशमान सैजु,मोक्षधामका अध्यक्ष बालब्यास ईश्वर कृष्ण शास्त्री,चुरामणि पाठक लगायतले बोल्दै अभियानमा सबैले सहयोग पुर्याउनुपर्ने बताएका थिए ।करिब १५ करोड रुपैयाको लागतमा निर्माण सम्पन्न १ सय ५१ फिटको शंकटमोचन हनुमान मुर्तिको तिन बिगाहा जग्गामा रहने छ । सो स्थानमा धार्मिक एवं पर्यावरणिय पार्क, रामजानकी मन्दिर, दुर्गा मन्दिर समेत निर्माण गरिने संकटमोचन हनुमान धाम समिती जितगढीले जनाएको छ । निकै कडा सुरक्षाका बिचमा नेपाल भारत सिमा नाका बेलहीया देखी तिन सय गाडी र करीब एक हजार मोटरसाईकल र बाजागाजा सहीतको र्याली भैरहवा हुदै कार्यक्रम स्थल बुटवल जितगढि आएको हो ।
































Don't Miss
© all rights reserved
made with by netKUTI