Responsive Ad Slot

latest

निजी क्षेत्रले पुरयाएको योगदान अतुलनीय –भण्डारी

Wednesday, February 27

/ by Admin BHOLA THAPA

दमौली फागुन । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राज्यले शिक्षा क्षेत्रमा ध्यान पुरयाउन नसकि रहेको अवस्थामा निजी क्षेत्रले पुरयाएको योगदान अतुलनीय रहेको बताएका छन् ।
साथै केन्द्रीय सदस्य भण्डारीले निजी क्षेत्रले शिक्षा क्षेत्रमा पुरयाएको योगदान प्रति राज्यले समेत विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् ।सो कुरा केन्द्रीय सदस्य भण्डारीले मिर्लुङ स्थित मिर्लुङ स्टार जेभियर्सको छैटौं वार्षिकोत्सवका अवसरमा वताएका हुन् । उक्त अवसरमा गुणस्तीय शिक्षा प्रदान गर्ने विषयमा कसैले पनि सम्झौता गर्न नहुने भनाई केन्द्रीय सदस्य भण्डारीको भनाई थियो । त्यस्तै केन्द्रीय सदस्य भण्डारीले मुलुकमा राजनीतिक स्थायित्व नहुँदा त्यसको असर शिक्षा क्षेत्रमा पनि परेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
त्यस्तै सो अबसरमा केन्द्रीय सदस्य भण्डारीले मुलुकलाई सही दिशामा लैजान नागरिक स्तरबाट समेत दबाब सिर्जना गर्नुपर्ने बेला आएको बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष बाबुराम पौडेल,मुस्लिम आयोगका सदस्य रफिक मियाँ, चोकचिसापानी स्रोत केन्द्रका स्रोत व्यक्ति प्रेमप्रकाश भट्राई ,नेपाली काग्रेसका आमन्त्रित जिल्ला सदस्य गोविन्द ढकाल, एमालेका प्रतिनिधी चन्द्रकान्त पण्डित एन प्याब्सनका सचिव दिपेश निरौला, कुलबहादुर अधिकारी, ईश्वर पन्थ ,विद्यालयका फाउण्डर छवि श्रेष्ठ लगायतका वक्ताहरुले बोलेका थिए । सो विद्यालयकी संस्थापक प्रिन्सिपल लक्ष्मी राजभण्डारीले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । सो अबसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI