Responsive Ad Slot

latest

कामदारद्वारा त्रिशूली थ्री ‘ए’ अवरुद्ध

Wednesday, February 13

/ by Unknown


नुवाकोट, २ फागुन/ माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा चिनियाँ ठेकेदारको दुव्र्यवहारविरुद्ध र अधिकार प्राप्तिका लागि भन्दै नेपाली कामदारले आयोजनाको काम अवरुद्ध बनाएका छन् ।

६० मेगावाट क्षमताको आयोजनालाई ९० मेगावाट पुर्‍याउन सरकारबाट विवादास्पद स्वीकृत पाएको अन्तर्राष्ट्रिय कम्पनी चाइना गेजुवा गु्रप अफ कम्पनीमा कार्यरत नेपाली कामदारहरूले श्रम ऐन कार्यान्वयनको माग गर्दै आयोजनाको कार्य अवरुद्ध बनाएका हुन् । यसअघि पटक–पटक श्रम ऐन कार्यान्वयनका लागि आयोजना प्रमुखसँग राखेको मागको कुनै सुनुवाइ नभएपछि निर्माण कार्य नै अवरुद्ध बनाएका छन् ।

थ्री ‘ए’ आयोजनाका प्रमुख गोपालबाबु भट्टराईले नेपाली कामदारले राखेको मागमा छलफल भइरहेको र केही दिनमै माग सम्बोधन हुने बताउनुभएको छ । करिब दुई सय नेपाली र दुई हजार चिनियाँ कामदार रहेको त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको कार्य अवरुद्ध भएको तीन दिन भइसके पनि आयोजना प्रमुखले कामदारको मागको सम्बोधन गर्न कुनै पहल सुरु नगरेको कामदाहरूको भनाइ रहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI