Responsive Ad Slot

latest

कारले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

Tuesday, February 12

/ by Unknown
 काठमाडौ, फागुन १ – काठमाडौको भोटाहिटीमा सोमबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।साढे ११ बजेतिर बा ५४ प ४८६२ नम्बरको मोटरसाइकललाई बा ८ च ३६१५ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर लामाटारका बासुदेव बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको हो । ठक्कर दिई भागेको कारका चालकलाई पुरानो बानेश्वरबाट पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 
Don't Miss
© all rights reserved
made with by netKUTI