Responsive Ad Slot

latest

प्याकेजमै सहमति खोज्न कार्यकदलको बैठक बस्दै

Monday, February 18

/ by Unknown

काठमाडौ, फागुन ७ – चुनावी सरकार गठनको विषयमा प्याकेजमै सहमति जुटाउन मुख्य दलहरुको कार्यदल बैठक बस्दैछ ।धेरैजसो बुँदाहरुमा सहमति भैसकेकाले सोमबार बिहान १० बजे बस्ने बैठकले प्याकेजमै सहमतिको दस्तावेज तयार गर्ने कार्यदल सदस्य भीम रावलले जानकारी दिनुभयो ।कार्यदलले संविधान संशोधन, निर्वाचन आयोगमा नियुक्ति, सरकारको स्वरुप, प्रधानन्यायाधीश नेतृत्वको सरकार र दलहरुबीचको सम्बन्ध, निर्वाचन क्षेत्र, नागरिकता, निर्वाचन प्रणाली लगायतका विषयमा सहमति जुटाउने जिम्मा पाएको छ । कार्यदलले प्रतिवेदन तयार पारेपछि यसलाई मुख्य दलको शीर्ष बैठकले टुंगो लगाउने तयारी छ । 
Don't Miss
© all rights reserved
made with by netKUTI