Responsive Ad Slot

latest

पश्चिमी वायु सक्रिय, राति वर्षा हुन सक्ने

Friday, February 15

/ by Unknown

४ फागुन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मुलुकको पश्चिमी तथा सुदूरपश्चिमी भेगमा पश्चिमी वायु निकै सक्रिय भएको जनाएको छ ।पश्चिमी भेगका उच्च पहाडी क्षेत्रमा आज साँझदेखि ठूलो वर्षा भई हिमपातसमेत हुने सङ्केत देखिएको वरिष्ठ मौसमविद् शिव नेपालले बताउनुभयो । उहाँले भू-मध्यसागर (मेडिटेरियन सी) बाट बहने वायु तीव्र गतिमा पूर्वतिर बढेको र यो क्रम अझै दुई दिनसम्म रहनसक्ने सङ्केत देखिएको बताउनुभयो । नेपालका सम्पूर्ण स्थानमा आज रातिदेखि वर्षा हुन थाल्ने उहाँको भनाइ छ ।काठमाडौँ उपत्यकामा शुक्रबार बिहानदेखि बदली भएर घाम राम्रोसँग लाग्न सकेन । दिउँसोतिर उपत्यकावासीले चिसो महसुस गरे । पश्चिमी वायुको बहाव कमजोर भई आंशिक बदली देखा परेको हो । पश्चिमी वायुको प्रभाव भने अझै दुई सातासम्म सक्रिय रहने बताइएको छ ।काठमाडौँ उपत्यकालगायतका केही स्थानको मौसम आइतबारदेखि सुधार हुने अनुमान गरिएको छ । 
Don't Miss
© all rights reserved
made with by netKUTI