Responsive Ad Slot

latest

च्याम्पियन्स लिग : म्यान यू र रियालमड्रिड बराबरीमा

Thursday, February 14

/ by Unknown

फागुन ३ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लिगमा इङ्गलिस क्लब म्यानचेष्टर यूनाइटेड र स्पेनी क्लब रियाल मड्रिडले १–१ को बराबरी खेलेका छन् ।रियालको घरेलु मैदानमा भएको खेलमा म्यान यूका ड्यानी बेलबेक र रियालका क्रिष्टियानो रोनाल्डोले गोल गरे । दुवै गोल पहिलो हाफमै भएका थिए ।म्यान यूले आक्रामक प्रदर्शन गर्दै २० औं मिनेटमा गोल गरेपनि ३० औं मिनेटमा रियालले खेल बराबरीमा पुर्‍याएको थियो । दोश्रो हाफमा दुवैले एक अर्का विरुद्ध थुप्रै पल्ट प्रहार गरेपनि गोल गर्न भने सकेनन् ।यी दुईबीच अन्तिम १६ को दोश्रो लिग मार्च ५ तारिखमा हुनेछ । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा सख्तर डोनेस्क र बोरुसिया डर्टमुण्डले २–२ को बराबरी खेलेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI