Responsive Ad Slot

latest

इरानको विवादास्पद परमाणु कार्यक्रमका बारे , विश्वभरका शक्तिराष्ट्रहरु वैठकमा

Wednesday, February 27

/ by Unknown
इरानको विवादास्पद परमाणु कार्यक्रमका बारे , विश्वभरका शक्तिराष्ट्रहरु वैठकमा
फागुन १६ इरानको विवादास्पद परमाणु कार्यक्रमका वारेमा विश्वभरका शक्तिराष्ट्रहरुको वैठक , कजाकिस्तानमा बसीरहेको छ । वैठकमा इरान पनि सहभागी रहेको छ । हालसम्मको वार्ता सकारात्मक रहेको , वार्तामा सहभागी एक अधिकारीले बताएका छन् । सन् २०१२ जुलाई पछि इरान मुद्वाका वारेमा पहिलोपटक विश्वका शक्तिराष्ट्रहरुबीच वार्ता भएको हो । वैठकमा अमेरिका , वेलायत , फ्रान्स , चीन , रुस र जर्मनीका अधिकारीहरु सहभागी रहेका छन् । ईरानले परमाणु हतियार विकसीत गरिरहेको अन्तराष्ट्रिय समुदायको आशंका रहेको छ , यद्यपी ईरानले सो आरोप अस्विकार गरिसकेको छ । इरानले , शान्तिपुर्ण उद्वेश्यका लागी परमाणु कार्यक्रम चलाइरहेको र त्यो आफ्ना हक भएको बताएको छ । ईरानले सन् २०१० देखि २० प्रतिशतको स्तरमा युरेनियम संर्वद्वन गरिरहेको छ । यसलाई परमाणु हतियारका लागी आवश्यक उच्चसम्वद्र्वनको दिशामा एक अहम कदम मानीन्छ । इरानले युरेनियम संर्वद्वन रोक्ने अन्तराष्ट्रिय समुदायको अपील लगातार खारेज गर्दैआएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI