Responsive Ad Slot

latest

घरेलु हिंसा विरुद्ध’ जनचेतनामुलक कार्यक्रम सम्पन्न

Monday, February 18

/ by Unknown
दमौली, ७ फागुन ÷ जिल्ला प्रहरी कार्यालय तनहुले आईतबार ‘घरेलु हिंसा विरुद्ध’ जनचेतनामुलक कार्यक्रम गरेको छ । महिला हिंसा अन्त्य गरौं शान्त समाजको निर्माण गरौं भन्ने मूला नाराका साथ जिल्ला प्रहरी कार्यालय तनहुँले जनचेतनामुलक कार्यक्रम संचालन गरेको प्रहरी नायव निरिक्षक सारदा कार्कीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय परिसरबाट निस्कीएको महिला तथा बालबालिका कार्यालयका प्रतिनीधी, सामुदायिक सेवा केन्द्रका प्रतिनीधी, व्यास नगर भित्र रहेका उच्च माविका शिक्षक तथा विद्यार्थीहरु, स्थानीय आमा समुह, पत्रकार, नागरिक समाजका प्रतिनीधीहरुको टोलि अनसन चौतरामा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल , स्थानीय विकास अधिकारी, छवीलाल रिजाल, डिएसपी टिका बहादुर केसी लगायतकाले सम्बोधन गर्नुभएको थियो । कोण सभालाई सम्बोधन गर्दै सहभागिहरुले महिला हिंसा अन्त्यका लागि सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । 
Don't Miss
© all rights reserved
made with by netKUTI