Responsive Ad Slot

latest

महिनाभित्र काठमाडौंको रुप बदलिने होर्डिङबोट हटाउने अभियान शुरु

Tuesday, February 12

/ by Unknown

१ फागुन, काठमाण्डौं । पटकपटक ताकेदा गर्दा पनि सम्बन्धित निकायले अटेरी गरेपछि काठमाण्डौं महानगरपालिकाले होर्डिङबोर्ड हटाउन थालेको छ । सडक छेउछाउ र घरका छतमा जथाभावी राखिएका होर्डिङबोर्डले सडकको सौन्दर्य नै बिगारेको भन्दै महानगरपालिकाले यो अभियान शुरु गरेको हो ।‘एक महिनाभित्र सबै होर्डिङबोर्ड हटाएर शहरको रुप फेर्ने तयारी छ’ महानगरपालिकाका कार्यकारी अधिृकत केदारबहादुर अधिकारीले भन्नुभयो । बिदेशबाट आउने पर्यटकको पहिलो आँखा पुग्ने एयरपोर्टबाटै अभियान थाल्न लागिएको छ । मंगलबार एयरपोर्टबाट होर्डिङबोर्ड हटाएर एक महिनाभित्र काम सक्ने महानगरपालिकाले जनाएको छ ।होर्डिङबोर्ड झिक्ने अभियानमा ट्राफिक प्रहरी र महानगरपालिकाका कर्मचारी संयुक्त रुपमा खट्न लागिएका छन् । सडक छेउमा राखिएका बोर्ड हटाउन सजिलो भएपनि घरको छतमा राखिएकालाई झिक्न चाहिँ समय लाग्ने अधिकारीले बताउनुभयो ।काठमाडौंमा ५ सयभन्दा बढी होर्डिङबोर्ड रहेको अनुमान छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI