Responsive Ad Slot

latest

माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै एमाओवादीको घोषणा सभा खुलामञ्चमा

Tuesday, February 12

/ by Unknown

१ फागुन, काठमाण्डौं । जनयुद्ध सुरु गरेको दिनको सम्झनामा एकीकृत नेकपा माओवादीले आज १८ औं जनयुद्ध दिवस मनाउँदैछ । माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको सुरुवात गरेको थियो । 
माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा झन्डै १४ हजार नेपालीले ज्यान गुमाएका थिए । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । पछिल्लो महाधिवेशनबाट जनयुद्धको कार्यदिशालाई औपचारिक रुपमा परित्याग गरेको एमाओवादीले दिवस भने मनाइरहेको छ ।
जनयुद्ध दिवसको अवसरमा एमाओवादीले राजधानीको खुलामञ्च लगायत देशका विभिन्न प्रमुख शहरहरुमा जनयुद्ध दिवसको सम्झना गर्दै सभा गर्दैछ । जनयुद्ध दिवसको अवसर पारेर विज्ञप्ती जारी गर्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणमा जनयुद्धले बहुआयामिक दुरगामी प्रभाव पारेको बताउनुभएको छ । जनयुद्धकै आधारमा क्रान्तिकारी पार्टी देशको सबैभन्दा ठूलो राजनीतिक दल बन्न पुगेको बताउनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI