Responsive Ad Slot

latest

रेग्मीलाई रोक्न वैद्यसहित ४ दलद्वारा आन्दोलनको घोषणा मालिकको फर्मुलाले सबै मन्त्रमुग्ध भएः बैद्य

Friday, February 15

/ by Unknown

४ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बन्न नदिन मोहन बैद्य किरण नेतृत्वको नेकपा-माओवादीसहितका चारदल आन्दोलनमा उत्रिने भएका छन् ।शनिबार बेलुका राजधानीको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्नुका साथै आइतबार देशव्यापी विरोधसभा गर्ने माओवादीलगायतका ४ दलले घोषणा गरेका छन् । माओवादी पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वैद्य नेतृत्वको माओवादी, कमल चौधरी नेतृत्वको नेकपा एकीकृत, मात्रिका यादव र मणि थापा समूहले रेग्मीको नेतृत्वमा सरकार बनाउने प्रस्तावलाई विदेशीको इशारामा अघि सारिएको भन्दै संघर्षमा उत्रने बताएका हुन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI