Responsive Ad Slot

latest

नवौं लेखनाथ महोत्सव आज सकिँदै

Tuesday, February 19

/ by Unknown

पोखरा, ८ फागुन ÷ कास्कीको लेखनाथमा संचालित नवौं लेखनाथ महोत्सव आज सकिँदैछ । महोत्सवको दिउँसो नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर युवराज खतिवडाले समापन गर्नु हुने कार्यक्रम तय भएको छ । माघ २६ गतेबाट सुरु भएको महोत्सवमा अहिलेसम्म साढे २ लाख दर्शकले अवलोकन गरेका छन् भने १५ करोड भन्दा बढीको आर्थिक कारोबार भएको आयोजकले जानकारी दिएको छ । महोत्सव सकिन एक दिन वाँकी छँदा हिजो एकैदिन मात्रै ५० हजार दर्शकले महोत्सव अवलोकन गरेका थियो । महोत्सवको ११ औं दिन हिजो ५ करोड भन्दा वढीको कारोवार भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जानकारी दिएको छ । आज अन्तिम दिनपनि लोक दोहोरी, हास्यव्यङ्ग र साँझ ५ बजेपछि लाइभ पप कन्र्सट हुने भएको छ । साँझ ५ देखी राती ८ बजेसम्म लाइभ पप कन्र्सटवाट दर्शकलाई मनोरन्जन गराईने कलाकार व्यवस्थापन समन्वय उपसमितिका संयोजक रक्ष गुरुङले जानकारी दिनुभयो । महोत्सव अवधिभर तीन लाख भन्दा वढी दर्शक र १५ करोड भन्दा माथिको कारोवार हुने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले अपेक्षा गरेको छ । यसैबीच, लेखनाथमा संचालित महोत्सवलाई नेकपा माओवादीले आज गरेको बन्दको क्रममा कुनै अवरोध नगर्ने भएको छ । महोत्सवलाई लक्षित गर्दै आज दिनभर लेखनाथमा ८ वटा नगर बस संचालन गर्न दिईएको नेकपा माओवादी लेखनाथ नगर कमिटीले जनाएको छ । ्

Don't Miss
© all rights reserved
made with by netKUTI