काठमाडौ, माघ २७ – हिउँदे वर्षा सकिए लगत्तै गर्मी शुरु भएको छ । देशभर विस्तारै तापक्रम बढ्न थालेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।दुई दिनको झरीले गएको बुधबारसम्म देशभर चिसो भएकोमा बिहीबारदेखि भने घमाइलो हुन थालेको हो ।पूर्वी तराईको अधिकतम तापक्रम २९ डिग्री सेल्सियससम्म पुगिसकेको छ भने पूर्वी तराई र काठमाडौ उपत्यकाको अधिकतम तापक्रम पनि २३ डिग्रीभन्दा माथि पुग्न थालेको छ । देशभर अब विस्तारै तापक्रम बढ्दै जाने मौसमविद सुवास रिमालले बताउनुभयो ।उहाँका अनुसार छिटै पानी पर्ने संकेत देखिएको छैन । काठमाडौमा शनिबार विहानको तापक्रम ६ डिग्री सेल्सियस थियो । दिउँसो तापक्रम बढेर २५ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । बिहान ६ बजेर ४७ मिनेटमा झुल्किएको घाम बेलुकी ५ बजेर ४९ मिनेटमा अस्ताउनेछ ।