काठमाण्डौं,
१२ फागुन
÷ प्रधानन्यायाधीशशलाई प्रधानमन्त्री बनाउन
देखिएका कानुनी
अड्चनका विषयमा
समाधान खोज्न
प्रमुखदलहरुको बैठक बसिरहेको छ । नयाँ बानेश्वरमा
रहेको सेना
समायोजन विशेष
समितिको कार्यालयमा
जारी बैठकमा
एकीकृत नेकपा
माओवादी, नेपाली
कांग्रेस, नेकपा एमाले र मेधसी
मोर्चाका शीर्ष
नेताहरुले प्रधानन्यायाधीलाई प्रधानमन्त्री
बनाउने संवैधानिक
बाटोका खोजी
गरिरहेको छन्
। बैठकमा
प्रधानन्यायाधीशले राखेका प्रस्तावका
विषयमा छलफल
भइरहेको छ
। प्रधानन्यायाधीश
खिलराज रेग्मीले
आफु प्रधानमन्त्री
बन्नुअघि संवैधानिक
र कानुनी
अडचन हटाएर
भाषा र
दलीय विवादमा
सहमति खोज्न
सर्त राख्नु
भएको छ
। बैठकमा
यसअघि कार्यदलले
गरेको ९
बुदे सहमतिलाई
थप संसोधन
गरि त्यसको
भाषाका विषयमा
पनि छलफल
हुने एकीकृत
माओवादी प्रवक्ता
अग्निप्रसाद सापकोटाले बैठकअघि जानकारी दिनुभयो
। सापकोटाका
अनुसार विज्ञहरुको
सल्लाहमा कार्यदलले
नै आज
केही प्रस्ताव
ल्याउने छ
। प्रधानन्यायाधीशलाई
प्रधानमन्त्री बनाउन २० वटा कानुनी
अड्चन हटाउने
पर्ने देखिएकाले
विज्ञहरुसँग परामर्श भइरहेको एमाले नेता
तथा कार्यदलका
सदस्य भीम
रावलले जानकारी
दिनुभयो ।