Responsive Ad Slot

latest

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा भारी हिमपात

Saturday, February 9

/ by Unknown

माघ २७ – तीव्र गतिको हावासंगै भारी हिमपात भएपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । केही क्षेत्रमा ३ फिटसम्म हिउँ जमेको छ ।१ सय २० किलोमिटर प्रतिघण्टाको दरले हावा चलेपछि न्यूजर्सी, न्यूयोर्क, म्यासाचुसेट्स, रोडआइल्यान्ड, कनेक्टिक, लगायतका क्षेत्रमा हिमआँधीको चेतावनी जारी गरिएको छ । हिमपातका कारण प्रभावित क्षेत्रबाट झण्डै साढे ४ हजार हवाई उडान रद्ध गरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।लगातारको हिमपातका कारण मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन, यात्रा नगर्न र खाद्यान्न लगायत आवश्यक सामाग्रीको सञ्चय गरिराख्न स्थानीय प्रशासनले सचेत गराएको छ । अमेरिकासंगै क्यानाडामा समेत आँधी र भारी हिमपात भएको छ । हिउँका कारण अन्टारियो प्रान्तमा २ सय वटा गाडी दुर्घटनामा परेको र कम्तीमा ३ जनाको ज्यान गएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI