Responsive Ad Slot

latest

युवासंघका कार्यकर्तावीच झडप, उपाध्यक्ष सहित ३ घाइते

Wednesday, February 27

/ by Unknown

बुटवल, फागुन १६ – युवा संघ नेपालका कार्यकर्ताबीच बुटवलमा झडप भएको छ । मंगलबार राति भएको झडपमा नवनिर्वाचित उपाध्यक्ष राजु गुरुङ सहित ३ जना घाइते भएका छन् । गुरुङ निरज आचार्य प्यानलबाट विजयी उपाध्यक्ष हुनुहुन्छ ।मत परिणामको औपचारिक घोषणा तत्काल गर्न माग गर्दै नारावाजी गर्ने अध्यक्ष महेश बस्नेत समर्थक र आचार्य समर्थकबीच झडप भएको हो । झडप भएपछि प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो ।राति अबेर घोषणा गरिएको मतपरिणाम अनुसार ७ सय ४२ मत ल्याएर अध्यक्षमा महेश बस्नेत विजयी हुनुभएको हो । अर्का प्रत्यासी निरज आचार्यले ६ सय १० मत प्राप्त गर्नुभयो । परिणाम अनुसार १७ पदाधिकारीमध्ये एकजना उपाध्यक्ष र २ सचिव बाहेक १४ पदाधिकारीमा बस्नेतको प्यानल विजयी भएको छ ।
सहमतिको नाममा जितेकालाई हराएको आरोप
यसैबीच केही पराजित उम्मेदवारहरुले आफूहरुलाई सहमतिको नाममा हराएको आरोप लगाएका छन् । उपाध्यक्षका उम्मेदवार नारायणबहादुर बस्नेत, सचिवका उम्मेदवार टिकाराम शर्मा, महिला सचिवका उम्मेदवार भगवती विष्ट र सदस्यका उम्मेदवार रविन्द्र लम्सालले सहमतिका नाममा आफूहरुलाई हराएको बताएका छन् ।उपाध्यक्षमा नारायणबहादुर बस्नेतले जितेकोमा राजु गुरुङलाई, सचिवमा टिकाराम शर्माले जितेकोमा नरेश शाही र भगवती विष्टले जितेकोमा क्रान्ति बुर्लाकोटीलाई तथा सदस्यमा रविन्द्र लम्सालले जितेकोमा दीपक जीएमलाई सहमति गराइएको उनीहरुको आरोप छ । उनीहरुले चुनाव जितिसकेपछि पनि सहमतिका नाममा आफूहरुलाई पराजित गरेको भन्दै यसको प्रतिकार गर्ने बताएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI