Responsive Ad Slot

latest

स्वप्नदोष सार्वजनिक

Tuesday, February 19

/ by Admin BHOLA THAPA


काठमाडौं/ उज्ज्जल अधिकारी र हरिराम रिमालको एल्बम स्वप्नदोष सार्वजनिक भएको छ ।

मिडिया इन्टरनेसनलमा एक कार्यक्रमको आयोजना गरी गीतकार राजेन्द्र थापाले एल्बम स्वप्नदोषको सार्वजनिक गर्नुभएको हो । विमोचन कार्यक्रममा गीतकार थापाले गीत समाजको तस्वीर भएकाले समाजको यथार्थतालाई उर्तान सक्नुपर्ने बताउनुभयो । गीत कस्तो भयो वा कस्तो लेखियो भन्नुभन्दा पनि कसरी लेखियो, त्यसमा संगीत कसरी दिइयो, कसरी गाइयो त्यो नै ठूलो कुरा भएको बताउनुभयो । गीतका शब्दमा स्रोताले आफूलाई देख्न सक्ने हुनुपर्ने बताउँदै थापाले उज्ज्जल अधिकारीको यस गीतको शब्दमा पनि स्रोताले आफुलाई पाउनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

अथक प्रयासबाट गीत विमोचनको अवस्थासम्म ल्याइपुर्‍याएको भन्दै गायक हरिराम रिमालले यसले स्रोताको मन छुन सक्ने बताउनुभयो । स्वप्नदोष आफ्नो पहिलो एल्बम भएकाले आगामी दिनमा गल्तीहरू सुधार्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले शब्द, संगीत र गायन सबैको तालमेल मिलेको भन्दै पहिलो एल्बममा नै स्थापित आवाजको संज्ञा दिनुभयो । फरकबाटो राष्ट्रिय मासिकका प्रकाशक धिरबहादुर शाहीले उज्वल अधिकारीद्धारा लिखित यस गीतले मनोरञ्जन मात्र नभएर समाजको विभिन्न पक्षलाई उतार्न सकेको बताउनुभयो ।

त्यस्तै गायिका रजिना रिमालले पहिलो एलवमबाटै सफलता खोज्नु नहुने भन्दै निरन्तर प्रयास गदै जान सल्लाह दिनुभयो । मानविय संवेदना बोकेको शब्द ‘स्वप्नदोष’ एल्बमले उचाई लिनसक्ने सहभागीको भनाई छ ।

एल्बममा स्वप्नदोष, नसोध किन, तारा छन रात, तिमी मेरी, आउ साथी गरि ५ वटा गीत समावेस गरिएकाछन् । नसोध किन जयमा पौडेलको शब्द रहेको छ भने अन्य ४ वटामा उज्जल अधिकारीको शब्द रहेको छ । दिनेश गौतम, ओमप्रकाश राई, विकास चौधरी, सुरज थापाले यी गीतमा संगीत दिनुभएको छ ।-
नेपालवाणी 
Don't Miss
© all rights reserved
made with by netKUTI