Responsive Ad Slot

latest

पुर्वराजारानी वैंकक जाँदै

Wednesday, February 27

/ by Unknown
पुर्वराजारानी वैंकक जाँदै

फागुन १६ पुर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल , थाइल्याण्डको वैठकमा चिन्ताजनक अवस्थामा उपचाररत छोरा पारसलाई भेट्न आज बैंकक जादैहुनुहुन्छ । आज थाई एयरको विमानबाट दुवैजना वैंकक जाने बताइएको छ । यसैबीच , हृदयघातका कारण थाईल्याण्डको बैंककमा उपचार गराईरहेका पुर्व युवराज पारस शाहको स्वास्थ्य स्थिति अझै गम्भीर रहेको अस्पतालले जनाएको छ । उहाको उपचार भैरहेको बैंककको समितिभेज अस्पतालले विज्ञप्ती निकालेर पारसको स्थितिमा कुनै सुधार नभएको जनाएको छ ।अस्पतालले उहाको अवस्था स्थिर रहेको जनाएको छ । हृदयघातका कारण उहालाई एकहप्ता देखि अस्पतालमा राखिएको छ । पुर्वयुवराज्ञी हिमानी शाह ,पारसकी बहिनी प्रेरणासिंह लगायत पुर्व राजपरिवारका सदस्य तथा  नातेदार यसअघि नै बैंकक पुगिसकेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI