Responsive Ad Slot

latest

माघ महिनामा मात्र ७० हजार भन्दा बढी राजस्व

Wednesday, February 13

/ by Unknown

मझुवा देउराली, २ फागुन ÷ इलाका प्रहरी कार्यालय मझुवा देउराली गोरखाले माघ महिनामा मात्र ७० हजार ४ सय रुपैंया राजस्व संकलन गरेको छ । देउराली गाविसको विभिन्न स्थानमा ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट प्रहरीले माघ महिनामा मात्र ७० हजार ४ सय रुपैंया राजस्व संकलन गरेको हो । आँबुखैरेनी र देउराली जोड्ने मस्र्याङ्गदी पुल, २ किलो, ३ किलो र अबुवा पुलमा ट्राफिक नियम उल्लघंन गर्ने सवारीबाट ७० हजार भन्दा बढी राजस्व संकलन भएको प्रहरीले बताएको छ । ट्राफिक नियम उल्लघन गर्ने ३ सय ९० वटा सवारी साधनबाट सो राजस्व संकलन गरिएको हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI