Responsive Ad Slot

latest

संसदआक्रमणका दोषीलाई फाँसी दिइयो

Saturday, February 9

/ by Unknown
संसदआक्रमणका दोषीलाई फाँसी दिइयो

माघ २७ १३ डिसेम्बर सन् २००१ मा भारतीय संसदमा भएको आक्रमणको घटनाका दोषी अफजल गुरुलाई आज फाँसी दिइएको छ । अफजललाई स्थानीय समय अनुसार बिहान ८ बजे दिल्लीको तिहाड जेलमा फासी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अफजललाई फासी दिइएको खबर सार्वजनिक भए लगत्तै भारतका विभिन्न ठाउमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।जम्मुकश्मिरका कयौ इलाकामा कर्फयु लगाइएको छ ।
संसदमा भएको आतंकवादी आक्रमणका मुख्य योजनाकार मानिएका अफजललाई सर्वोच्च अदालतले सन् २००४ मा दोषी ठहर गर्दै फासीको सजाय सुनाएको थियो ।गतवर्ष १६ नोभेम्बरमा राष्ट्रपति प्रणव मुखर्जीले अफजल गुरुको क्षमादानको याचना गृहमन्त्रालय फिर्ता पठाउनुभएको थियो भने गत ३ फेब्रुअरीमा सो याचना खारेज गरेपछि मन्त्रिपषिदले अफजलको फासीको सजाय सदर गरेको  थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI