Responsive Ad Slot

latest

मनाङ जोड्ने सडक स्तरोन्नति शुरु

Tuesday, February 19

/ by Unknown

लमजुङ, फागुन ८ – लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङको सदरमुकाम चामे जोड्ने सडकको स्तरोन्नति शुरु भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यगणले वेसीशहरदेखि मनाङको तिमाङसम्मको सडकको स्तरोन्नति थालेको हो ।६५ किलोमिटरको वेसीशहर–चामे सडक अन्तरगत ताघ्रिङ गाविसमा पर्ने छहरे–काभ्रेभीर खण्ड, जगतको हावाडाँडा क्षेत्र, च्याम्चेबाट म्यार्दीखोलासम्म र मनाङतर्फ सिरानतालदेखि मकैडाँडासम्मको क्षेत्र, धारापानी, बगरछाप र तिमाङको जंगलमा स्तरोन्नति गर्न लगेको हो सेनाले जनाएको छ ।त्यसका लागि ५३ जना सैनिकसहित ९० जना कामदारहरु खटिएका वेसीशहर चामे सडक निर्माण कार्यगणका प्रमुख प्राविधिक सेनानी ईन्दिबर गुरुङले वताउनुभयो । सेनाले साँघुरा ठाउँमा सडक फराकिलो पार्ने, ग्रेड नमिलेका ठाउँमा मिलाउने र भत्केका सडक मर्मतका काम गर्नेछ ।यस्तै सेनाले मनाङको तिमाङखोलामा बेलीब्रिज राख्ने भएको छ । वेसीशहर–चामे सडकका लागि सरकारले चालु आर्थिक वर्षमा ५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसै रकमबाट मनाङको धारापानी गाविस निगालाघारीको पहिरो पन्छाउने काम यसअघि नै भइसकेको छ ।सडकको स्तरोन्नति शुरु भएपछि नेपाली सेनाले अहिले ठाउँठाउँमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । लमजुङ सदरमुकाम वेसीशहरदेखि च्याम्चेसम्म र मनाङ सदरमुकाम चामेबाट च्याम्चे नजिकैको बक्स कटिङसम्म मात्र गाडी चलेको छ । सडकको स्तरोन्नति भइरहेको ठाउँमा गाडी चलाउन रोकिएको सेनाले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI