Responsive Ad Slot

latest

पछिल्लो आक्रमणमा १२ जना मारिए, दुई वर्ष यता ७० हजार नागरिक मारिएको राष्ट्रसंघको भनाइ

Saturday, February 23

/ by Unknown
फाल्गुन १२ । सिरियामा सरकार विरोधी आन्दोलनमा थप १२ नागरिक मारिएका छन् । एलेप्पोस्थित उत्तरी शहरमा रहेको एक बस्तीमा तीन मिसाइल आक्रमण हुँदा १२ जना मारिएको अधिकारकर्मीले जनाएका छन् । आक्रमणपछि त्यस क्षेत्र भग्नावशेषमा परिणत हुँदा धेरै जना ईटा र ढुङ्गा मुनी दबिएका छन् । मिसाईल आक्रमण कस्ले गरेको भन्ने एकिन भएको छैन । एउटा रकेटले ३० वटा घरसम्म ध्वस्त बनाएको बताइएको छ । राष्ट्रपति बसार अल अशदबिरुद्ध सन् २०११ देखि जारी सरकार बिरोधी आन्दोलनमा मारिनेको संख्या ७० हजार नाघेको राष्ट्र संघले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI