Responsive Ad Slot

latest

मनाइँदै रेडियो दिवस

Wednesday, February 13

/ by Unknown
काठमाडौँ, २ फागुन/ आज फेब्रुअरी १३ अर्थात् दोस्रो विश्व रेडियो दिवस । नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।आजभन्दा ६६ वर्षअघि फेबु्रअरी १३ तारिखका दिन रेडियो प्रसारण सुरु भएको सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन थालेको हो । युनेस्कोको ३६औँ साधारणसभाको घोषणाअनुसार आज संसारभर दोस्रो विश्व रेडियो दिवस मनाइँदै छ ।नेपालमा पनि रेडियो दिवस गएको वर्षदेखि मनाउन थालिएको हो । सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल र भरपर्दो प्रसारण माध्यमका रूपमा रेडियोलाई लिइएको छ । रेडियो दिवसका अवसरमा नेपालभर रहेका विभिन्न रेडियोहरूले आज विविध कार्यक्रमहरू गर्दै छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI