Responsive Ad Slot

latest

तनहुँ जिल्लाभर यसवर्ष ६ सय २५ वटा साक्षरता कोटा प्राप्त

Tuesday, February 19

/ by Admin BHOLA THAPA

डोलराज रानाभाट 
मादीसेती एफएम तनहुँ - तनहुँ जिल्लामा यस वर्ष ६ सय २५ वटा साक्षरताका कोटा प्राप्त भएको छ । नेपाल सरकार अनौपचारीक शिक्षा केन्द्र सानोठिमी भक्तपुरबाट साक्षर नेपाल अभियान अन्तर्गत तनहुँ जिल्लामा कोटा प्राप्त भएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले जानकारी दिनुभयो ।

  प्राप्त कोटालाई जिल्लाका ३७ गाविस र व्यास नगरपालिको वडा न ं३ मा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । कक्षा सञ्चालन गर्न ईच्छुक गाविस तथा नगरपालिकाले फागुन १८ गते भित्र प्रस्तावसहित निवेदन पेश गर्नुपर्ने छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI