Responsive Ad Slot

latest

म्याद गुज्रिएका हल्का पेय पदार्थ बढे

Tuesday, February 19

/ by Unknown

काठमाडौ, फागुन ८ – सरकारले हल्का पेय पदार्थको अनुगमन गरेपनि बजारमा अखाद्य पेय पदार्थ बढ्दै गएको छ ।वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले म्याद गुज्रिएका तथा अखाद्य हल्का पेय पदार्थ ठूलो संख्यामा पाउन थालेको जनाएको हो । आर्थिक वर्षको ६ महिनामा मात्रै २ हजार ४ सय ७५ लिटर विभिन्न ब्राण्डका म्याद गुज्रिएका पेय पदार्थ भेटिएको विभागले जनाएको छ ।विभागका अनुसार कोकाकोला, फेन्टा, पेप्सी, मिरिण्डा, डिउ, स्प्राइट लगायतका पेय पदार्थ म्याद गुज्रिएको अवस्थमा फेला परेको हो । ती अखाद्य पेय पदार्थ नष्ट गरिसकेको विभागको भनाई छ ।विभागका एक पदाधिकारीका अनुसार पटकपटक चेतावनी दिए पनि पेय पदार्थ उत्पादक कम्पनीले भने म्याद गुज्रिएको पेय पदार्थ बजारमा बेच्ने गरेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI