Responsive Ad Slot

latest

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Thursday, February 21

/ by Unknown
तनहुँ, फागुन १० - पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मनपाङमा बुधबार राती मोटर साइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग६प ४७४२ नम्बरको पल्सर मोटरसाइकल मनपाङ-२, रिट्टेपानीमा दुर्घटना भएको हो। मोटरसाइकल चालकको उपचारको क्रममा बुधबार राती १० बजे पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक हरि शर्माले बताए । मृतकको हालसम्म सनाखत भएको छैन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI