Responsive Ad Slot

latest

नेकपा माओवादीको बन्द, प्रेसको गाडी तोडफोड

Tuesday, February 19

/ by Unknown

काठमाडौ, फागुन ८ – नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौ सहित देशभरको जनजीवन कष्टकर बनेको छ ।मुख्य राजमार्गहरुमा गाडी चलेका छैनन् । काठमाडौबाट भित्रिने र बाहिरिने गाडी ठप्प छन् । काठमाडौ सहित देशका अरु शहरहरुमा पनि गाडी चल्न सकेका छैनन् । बजार र पसलहरु पनि बन्द भएका छन् । गाडी नचल्दा काम विशेषले यात्रा गर्नुपर्नेहरुलाई सास्ती भएको छ । यस्तै बिहान पढाई हुने स्कूल, क्याम्पस पनि बन्द छन् ।काठमाडौमा बन्दकर्ताहरुले सगरमाथा टेलिभिजनको गाडीमा तोडफोड गरेका छन् । पत्रकार बोकेको गाडी बानेश्वरमा बन्दकर्ताले तोडफोड गरेका हुन् ।दैलेखमा द्वन्द्वकालीन मुद्दा व्यूँताएर पक्राउ गरिएका आफ्ना कार्यकर्ताको रिहाई र प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको विरोधमा बन्द गरेको नेकपा माओवादीले जनाएको छ । बन्द बेलुकी ५ बजेसम्म मात्रै बन्द गरिने नेकपा–माओवादीकी नेतृ जयपुरी घर्तीले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI