Responsive Ad Slot

latest

आज प्रजातन्त्र दिवस

Monday, February 18

/ by Unknown

काठमाडौ, फागुन ७ – आज प्रजातन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । विक्रम संवत २००७ साल फागुन सात गते जहानियाँ राणा शासनको अन्त्य भएर देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन प्रजातन्त्र दिवस मनाइन्छ ।देशमा हुँदै आएका हरेक राजनीतिक परिवर्तन फागुन ७ गतेकै जगमा हुँदै आएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको आधारमा जतिसक्दो छिटो संविधानसभाको चुनाव गर्नु–गराउनु एकमात्र विकल्प भएको बताउनुभएको छ ।उहाँले संविधानसभाको बिघटनसँगै छरपस्ट हुन पुगेको संविधान निर्माण र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कामलाई गति दिन र दिशा प्रदान गर्ने काममा जुट्नका लागि राजनीतिक शक्ति लगायतका सबैसित आग्रह गर्नुभएको छ ।राष्ट्रिय अखण्डता, एकता र सार्वभौमिकता सुदृढ गर्न तथा आपसी विश्वास, सहमति र सहकार्यद्वारा निर्वाचनको माध्यमबाट नयाँ संविधानसभाको गठन र त्यसमार्फत लोकतान्त्रिक संविधान निर्माण गरी देशमा शान्ति र सुव्यवस्था कायम गर्न सफल हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।यस्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुभकामना व्यक्त गर्दै दिगो शान्ति स्थापनाको लागि आपसी सहकार्य र समझदारीमा जोड दिनुभएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI