Responsive Ad Slot

latest

युवा संघको आठौं महाधिवेशनमा आजबाट चुनावी प्रक्रिया सुरु

Saturday, February 23

/ by Unknown

बुटवल , १२ फागुन ÷ नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशनमा आजबाट नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुँदैछ बुटवलमा हिजोदेखि सुरु भएको महाधिवेशनमा आज उम्मेद्वारी दर्ता, मतदाता नामावली प्रकाशन हुनेछ ।यसअघिनै बिधान पारित भएकाले बन्दसत्र नभई सिधै निर्वाचन प्रकृया शुरु हुन लागेको हो नेतृत्व सर्वसम्मत बनाउन एमालेका शिर्ष नेताहरु लागिपरेकाले अहिलेसम्म उम्मेदवारीको टुङगो लागिसिकेको छैन उम्मेदवारी दर्ता,नामावली प्रकाशन,दावी विरोधको कार्यक्रम आज रहेको नेतृत्वका लागि वर्तमान अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष झपट रावल महासचिव निरज आचार्यले दाबेदारी पेश गर्नुभएको मतदान भने भोलि बिहान बजेदेखि हुने कार्यतालिका तय गरिएको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष हिरा केसी झपट रावल तथा महासचिव निरज आचार्यले दाबेदारी पेश गरेका छन् १३५ सदस्यीय केन्द्रीय समितिको नेतृत्व चयनका लागि बन्दसत्र पनि आजदेखि शुरु हुनेछ पदाधिकारी १७ जनाको हुने विषयमा गएराती सहमति भएको नयाँ विभान अनुसार अध्यक्ष उपाध्यक्ष, एक महासचिव, नौ सचिव, कोषाध्यक्ष गरि १७ जनाको स्थायी समिति रहने विषयमा सहमति भएको महासचिव निरज आचार्यले जानकारी दिनुभयो
Don't Miss
© all rights reserved
made with by netKUTI