Responsive Ad Slot

latest

आज श्रीपंचमी, सरस्वतीको पुजा आराधना गरिदै

Friday, February 15

/ by Unknown

४ फागुन, काठमाण्डौं । आज माघ शुक्ल पंचमी अर्थात् श्रीपंचमी विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदै छ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत आजको दिनलाई लिईने गरिन्छ ।
विशेषगरि आज विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-अफ्ना कलासाधनाका उपादानहरु कापी-कलम, वाद्यययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन । देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रर्थना गर्न बिहानै देखि भीड रहेको छ ।
तान्त्रिकहरु तन्त्रसिद्धीका लागि तारादेवीका रुपमा देवि सरस्वतीको आराधना गर्छन् । सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धी पाएकी ब्रहृमाकी अर्धाङगिनी ब्रहृमाणीको पूजा उपासनाले ज्ञान सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । आज सरस्वतीको पूजा गरी विद्याराम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आज विवाह, ब्रतबन्ध र बेलविवाह जस्ता सामाजिक तथा धामिर्क कार्य गर्न साइत हेर्नुपर्दैन । आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक-कान छेड्ने गरिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारा स्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने र चेतनाको ज्योति पाइन्छ भन्ने विश्वास छ । यसैगरि आज काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहित बाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यसैबीच वसन्तपचमीकै अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले आज काठमाडौंको वसन्तपुरमा वसन्तश्रवण गर्नुहुनेछ ।

यसमा तपाइको मत

Don't Miss
© all rights reserved
made with by netKUTI