Responsive Ad Slot

latest

दलहरुबीच आज सहमतिमा हस्ताक्षर हुने

Tuesday, February 19

/ by Unknown

८ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निष्कर्षसहित कार्यदलले तयार पारेको सहमतिको प्रस्तावमा आपसी छलफल गरी प्रमुख राजनीतिक दलहरुले आज सहमतिपत्रमा हस्ताक्षर गर्ने भएका छन् । मुख्य दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुले आज सहमतिमा हस्ताक्षर गर्ने भएका हुन् ।प्रमुख दलका दुई दुई जना सदस्य रहेकेा कार्यदलले तयार पारेको ९ बुँदे सहमतिमा मन्त्रिपरिषद्का सदस्ययहरुको संख्या अध्यक्षसहित बढिमा ११ जना हुने र अन्तरिम चुनावी मन्त्रिपरिषद्को समयावधि संविधानसभा व्यवथापिका संसदको निर्वाचन सम्पन्न भएर नयाँ प्रधानमन्त्री चयन भएर कार्यभार सम्हालेपछि स्वत समाप्त हुने उल्लेख गरिएको छ ।प्रमुख राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको एक उच्चस्तरीय राजनीतिक परामर्श समिति गठन गर्ने, संविधानसभा व्यवस्थापिका संसदको निर्वाचन ५ वर्षको लागि गर्ने, २०६८ साल चैत्र मसान्तसम्म १८ बर्ष उमेर पुगेका नेपाली नागरिकहरुलाई मताधिकार दिने लगायतका सुझाव कार्यदलले पेस गरेको छ ।प्रमुख दलको बैठकमा कार्यदलको प्रस्तावमा सहमति हुन बाँकी बुँदाको बारेमा छलफल हुने नेताहरुले बताएका छन् । मतदाता नामावली, नागरिकता, बिभिन्न आयोग गठन लगायतका अन्य विषयमा भने आज छलफल हुने भएको छ । बैठक दिउँसो तीनबजे पछि शीतल निवासमा बस्नेछ ।

Don't Miss
© all rights reserved
made with by netKUTI