Responsive Ad Slot

latest

सवारी दुर्घटनामा २ जनाको मृत्यु

Wednesday, February 13

/ by Unknown

२ फागुन, काठमाण्डौं । कैलाली र चितवनमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।  चितवनकेा भरतपुर १० मा आज विहान वसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । सिरहाबाट काठमाडौ तर्फ आउँदै गरेको ना ४ ख ७५४४ नम्वरको वसले विहान पौने ३ वजेतिर मालापोत चोकमा पैदलयात्रु नवलपरासी मुकुन्दपुर ८ का ३४ वषिर्य नवराज पौडेलको मृत्यु भएको हो । घटनामा पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने वस प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार रहेका छन् ।
कैलालीमा किशोरीको मृत्यु
कैलालीको दुर्गौली ४ धर्मापुरकी एक किशोरीको आज बिहान ट्युसन पढ्न टीकापुर आउने क्रममा दुर्घटनामा परि मृत्यु भएको छ । महेन्द्र शिशु उच्च मावि धर्मापुरमा कक्षा १० अध्यायनरत स्थानिय चिन्का चौधरीके १५ वर्षकी छोरी मञ्जु चौधरीको मृत्यु भएको हो । बिहान साढे ५ बजेतिर टीकापुर आउने क्रममा दुर्गौलीको पेट्रोल पम्प नजिकैको कल्भर्टमा साईकल ठोकीदा घाईते भएकी चौधरीको टीकापुर अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI