Responsive Ad Slot

latest

पानीको अध्यक्षतमा फेरि पनि मिश्र

Thursday, February 14

/ by Unknown

आँबुखैरेनी, ०३ फागुन÷ जरेबर मुलपानीटार खानेपानी उपभोक्ता समिती आँबुखैरेनी–५, ढकालटार तनहुँको प्रथम साधारण सभाले नयाँ कार्य समिती चयन गरेको छ ।  जरेवर चौतारामा बुधबार भएको समितीको प्रथम साधारण सभाले फेरि पनि दिपक मिश्रको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो । समितीको उपाध्यक्षमा धनबीर गुरुङ्ग, सचिवमा ढंक पौडेल, कोषाध्यक्षमा शुक्र चुमान, सहसचिवमा विष्णुकुमारी केशी रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा सिता मगर, सान्ता आले, चिजकुमार गुरुङ्ग, लालबहादुर थापा, बिमला ढकाल, लिला सुनार, नेत्र बहादुर थापा रहनुभएको छ । समितीका निवर्तमान अध्यक्ष दिपक मिश्रको अध्यक्ष्यता तथा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडेलको प्रमुख आथित्यतामा समितीको साधारण सभा सम्पन्न भएको समितीका सचिव नारायण थापाले जानकारी दिनुभयो । यसैबीच, नारायण थापाको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा समिती समेत गठन गरिएको छ । समितीको सदस्हरुमा सिद्धी प्रसाद ढकाल, मिरेन्द्र राज श्रेष्ठ, गोवद्र्धन अधिकारी, नन्द बहादुर थापा, रोदन कुँवर, सिता मगर, सम्झना बिक लगायत रहनुभएको छ । 

Don't Miss
© all rights reserved
made with by netKUTI