Responsive Ad Slot

latest

काँग्रेस र एमालेको केन्द्रीय समिति बैठक बस्दै

Tuesday, February 12

/ by Unknown

१ फागुन, काठमाण्डौं । प्रमुख चारदलसँग हुने आजको वार्तालाई निर्णायक बनाउने विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । विहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, चुनावी सरकार गठनको बारेमा दलहरुबीच भइरहेको छलफलको समीक्षा हुनेछ ।

पछिल्लो समयमा चुनावी सरकार गठन गरेर संविधानसभाको निर्वाचन गर्ने बारेमा दलहरुसँग भइरहेका छलफलको बारेमा सभापति सुशील कोइरालाले जानकारी गराएपछि केन्द्रीय समितिले उचित निर्णय गर्ने काँग्रेस नेता विमलेन्द्र निधीले जानकारी दिनुभयो । 
एमाले केन्द्रीय समितिको बैठक पनि बस्दै
चुनावी सरकार गठनको बारेमा एकीकृत माओवादीले गरेको प्रस्ताव र पार्टीको आधिकारिक धारणा तय गर्न नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दैछ । एमाले मुख्यालय बल्खुमा बस्ने बैठकमा सहभागी हुनको लागि राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई आग्रह गरेको सचिव शंकर पोखरेलले जानकारी दिनुभयो 
Don't Miss
© all rights reserved
made with by netKUTI