Responsive Ad Slot

latest

नेपाली जनप्रगतिशिलद्वरा पिडित डाँगी लाई सहयोग I

Saturday, January 19

/ by Admin BHOLA THAPA


लक्ष्मण खनाल युएई-नेपाली जनप्रगतिशिल मञ्च युएईले अलपत्रमा परी नेपाल फिर्ता भएका त्रिवेणी ७ सल्यानका भद्रविर डाँगीलाई काठमाण्डौं देखी घर सम्म जानको लागि नेरु दश हजार सहयोग गरेको छ ।
४३ बर्षिय डाँगी विगत १३ महिना अगाडी युएई स्थित एक कम्पनीमा कार्यरत थिए । काम कै सिलसिलामा दुई तला माथी बाट खसेर एउटा खुट्टा नचल्ने अवस्थामा रहेका उनि कम्पनी मालीक कम्पनी छोडेर भागेपछि अलपत्र अवस्थामा पार्क हरुमा सुत्दै आएका थिए ।

 उनलाई नेपालसम्म पठाउनको लागि मञ्चका सचिव सुरेश ढकालको विषेश पहल , अन्य संघ संस्था र व्यक्तिहरुको पहलमा काठमाण्डौ सम्म पठाइएको थियो ।  काठमाण्डौ पुगेका उनीलाई घर जान आर्थिक समस्या परेपछि नेपालमै रहेका मञ्चका अध्यक्ष हेमन्त पौडेलले उक्त रकम उनलाई हस्तान्तरण गरेको कुरा  महासचिव वावुराम विश्वकर्माले जानकारी दिनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI