तनहुँ २९ पुस/ तनहुँको देवघाटमा माघे सङ्क्रान्ति मेला आजदेखि सुरु भएको छ । वेणीमा लिङ्गो गाडेर स्वामी अत्योदानन्द गिरी र कृष्णानन्द सरस्वतीले आज बिहान मेलाको विधिवत् सुभारम्भ गर्नुभएको हो । सो अवसरमा तिर्थालु भक्तजनको ठूलो भीड लागेको थियो ।
हरेकवर्ष झैँ यसवर्ष पनि माघे सङ्क्रान्तिको अवसर पारेर देवघाट क्षेत्र विकास समितिले सङ्क्रान्ति मेलाको आयोजना गरेको हो । यसैबीच, मेला अवधिभर देवघाट क्षेत्रमा विद्युत कटौती नहुने भएको छ । मेला सञ्चालन हुने तीन दिन नै देवघाट क्षेत्रमा २४ घण्टा नै बिजुली आपूर्ति हुने मेला व्यवस्थापन मूल समितिका संयोजक खिमलाल भण्डारीले बताउनुभयो ।
सो क्षेत्रमा नुहाउँदा हुनसक्ने संभावित दुर्घटनालाई ध्यानमा राखी सशस्त्र बल विपत् व्यवस्थापन तालिम केन्द्र र कुरिनटारको दुई टोली उद्धारका लागि तैनाथ हुने उहाँले बताउनुभयो ।