एजेन्सी, ७ माघ/ २३ जना सर्वसाधरण र ३२ विद्रोहीको मृत्युसँगै अल्जेरियाको एक ग्यास प्लान्टमा बन्दक बनाइएकाहरूलाई मुक्त गर्ने सेनाको प्रयास समाप्त भएको छ । बन्दक बनाइएका मध्ये ७ जनालाई हिजो मात्रै विद्रोहीहरूले हत्या गरेका थिए ।
गएको बुधबारदेखि जारी कारबाहीको अन्तिम दिन हिजोसम्म सेना र विद्रोहरूबाट मारिनेहरूको संख्या ५५ पुगेको हो । सैनिक कारबाही सकिए पनि ५ बेलायती र ५ नर्वेजीयनहरूको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन ।
कारबाहीका क्रममा सेनाले ६ सय ८५ अल्जेरियन र १ सय ३२ जनामध्ये १ सय ७ जना विदेशीहरूको भने उद्धार गरिसकेको छ । छिमेकी मुलुक मालीमा फ्रेन्च सेनाले गरेको हस्तक्षेपको विरोधमा भन्दै अलकायदा सम्बद्ध विद्रोहीले ग्यास प्लान्ट कव्जामा लिइ कर्मचारीहरूलाई कब्जामा राखेका थिए ।
नाइजरका इश्लामिक विद्रोही नेता अब्दुल रहमान अल नाइजरीको निर्देशन र योजनामा ग्यास प्लान्टमा आक्रमण गरिएको अल्जेरीयाको समाचार संस्था अल्जेरी प्रेस सर्भिसले जनाएको छ ।