विल गुरुङ
दोहा कतार /
आयादो ठागु आयादो आच्यो हो विरानो ह्युलरी, हो विरानो हयुलरी,
ङ्यो छलेन टिले, ङयो छलेन प्रले चु नास ट्होरी हो चु नास ट्होरी.........
बोलको तमू गीतमा रमाउदै नाच्दै र तमू समुदायको मौलिक झाँकी प्रस्तुत गर्दै कतारवासी तमूहरुले यस वर्षको सप्रि ल्होसारलाई सांस्कृतिक महोत्सवको रुपमा मनाएका छन् । तमू समाज कतारको आयोजनामा गत जनवरी ४ तारिख शुक्रवारका दिन समाल पब्लिक गार्डेनमा तमू समुदायको विशुद्ध मौलिक र महान पर्व ल्होसारको अवसर पारेर कतारमा तमू सप्रि ल्होसार सांस्कृतिक महोत्सव २०१३ कतार सम्पन्न भएको छ । समाजका अध्यक्ष बिमल तमूको सभापतित्वमा सम्पन्न उक्त महोत्सवमा नेपाली राजदुतावास कतारका महामहिम राजदुत डा.मायाकुमारी शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो ।
समाजका अध्यक्ष बिमल तमूले परम्परागत रुपमा पछयौरी ओढाएर प्रमुख अतिथिलाई कार्यक्रममा स्वागत गरेका थिए । प्रमुख अतिथि महामहिम डा.शर्माद्वारा द्विप प्रज्वलित गरेर कार्यक्रमलाई विधिवत समुदघाटन गरिएको थियो । पितृहरुको सम्झनामा १ मिनट मौन धारण गरिएको उक्त कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष तथा समाजको संरक्षकत्वमा स्थापित तमू प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष रस (शिव) तमूले ल्होसार वारे जानकारी दिनुका साथै सबै सहभागिहरुलाई स्वागत मन्तव्य राखेका थिए ।
महासचिव खेम तमूको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए–आईसीसीका सचिव टिबि कार्की, एनआरएनए–आईसीसी मध्यपुर्व संयोजक नरेन्द्र भाट, एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमू, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेश तामाङ, तमू प्ये ल्हु संघ हङकङका कोषाध्यक्ष पिताम्बर तमू, एनआरएनए–एनसीसी कतारका पुर्व अध्यक्ष र महासचिव क्रमश: कमलमणी गुरागाई र राजेशदर्शन अर्याल विशेष अतिथिको रुपमा उपस्थिति थिए ।
त्यसै गरि अतिथिहरुमा प्रा.देवीभक्त ढकाल, नेपाल लोकतान्त्रिक मञ्चका उपाध्यक्ष चाणक पोखरेल, तमू समाज कतारका निर्देशक सल्लाहकार बुधबल तमू, संस्थापक अध्यक्ष तथा सल्लाहकार राम तमू, सल्लाहकारहरु क्रमश: बिलबहादुर तमू र बुद्धिराज तमू, नेपाल प्रवासी मगर संघका उपाध्यक्ष महेन्द्र थापा मगर, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष लोकेन्द्र तुम्रोक लिम्बु, किराँत राई यायोख्खा शाखाका अध्यक्ष धिरज चाम्लिङ राई, नेपाल प्रवासी तामाङ समाजका केन्द्रिय सदस्य तेजबहादुर तामाङ, प्रवासी सुनुवार सेवा समाजका अध्यक्ष रामबहादुर सुनुवार, ने:वा पुचका उपाध्यक्ष किशोर महर्जन, भुजेल प्रवासी सेवा समाजका अध्यक्ष हेमेन्द्र खवास, किराँत प्रवासी राष्ट्रिय मञ्चका अध्यक्ष बिजय लावति, क्षेत्री समाजका अध्यक्ष हंशराज ढकाल क्षेत्री, खोटाङ सेवा समाजका उपाध्यक्ष मिलन बानिया, कास्की आदर्श सेवा समाजका अध्यक्ष आशबहादुर तमू, मोरङ सुनसरी सेवा समाजका सल्लाहकार कुमार कार्की, अन्तरराष्ट्रिय नेपाली कलाकार मञ्च कतार शाखाका उपाध्यक्ष भविन्द्र तामाङ, व्यवसायी प्रकाश तमू, लोकदोहोरी गायिका देविका केसी तमूस्यो, तमू खेलकुद समितिका अध्यक्ष मदन तमू, तमू प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष रस (शिव) तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष आशबहादुर तमू (गोर्खा), महिला विभागकी संयोजक टौमायाँ तमूस्यो, पूर्वाञ्चल सम्पर्क समितिका संयोजक भाईकाजि तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक मिनबहादुर तमू, तमू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष बुद्ध तमू, समाजका संस्थापक उपाध्यक्ष डिलराम तमू आदि थिए ।
आशिमलाँ कार्यक्रम:
यस वर्षको ल्होसार भनेको मुप्रि ल्होको विदाई र सप्रि ल्होको स्वागत गर्ने अवसरको रुपमा पनि ल्होसार पर्व मनाईएकोले यसलाई तमू प्ये ताँ ल्हु ताँ समितिका सल्लाहकार जगन तमूले तयार पारेको आशिमलाँ सहकोषाध्यक्ष चन्द्रप्रकास तमूले पढेर सुनाएका थिए । सो अवसरमा मुप्रि ल्हो र सप्रि ल्होका तमू बन्धुहरुलाई उपस्थित तमूहरु मध्ये पाको उमेरका तमू प्ये ल्हु संघ हङकङका कोषाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि पिताम्बर तमूले रुपा लगाएर स्याई स्याई गनु भई सबैको कल्याणको कामना गरेका थिए ।
सम्मान कार्यक्रम:
तमू समाज कतारको विभिन्न पदमा रहि कतार स्थित तमू समुदायलाई निरन्तर सहयोग पुर्याउदै आएका कार्यसमितिका सहकोषाध्यक्ष नन्दु घले तमूलाई कदर–पत्रबाट विशेष सम्मान गरियो । त्यसै गरि गैर तमू समुदायको भएर पनि कतारवासी तमूहरुको शुख दुखमा साथ र सहयोग गर्दै आउनु भएका समाजसेवी र सहयोगिहरुलाई पनि समाजको तर्फबाट सम्मान गरिएको थियो ।
तमु समाज कतारको संरक्षकत्वमा स्थापित तमु पे ताँ ल्हु ताँ समितिका कार्यसमिती सदस्य महेन्द्र कुमार तमु कतार नफर्कने गरी मातृभुमि नेपाल जान लाग्नु भएकोले समजलाई वहाँले पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन सहित खता र कदर-पत्रले सम्मान गर्दै बिदाई गरियो ।
त्यसरी सम्मानित हुनु हुनेहरुमा क्रमश: कमलमणी गुरागाई, राजेशदर्शन अर्याल र यशोदा बस्नेत थिए । वहाँहरुलाई समाजको तर्फबाट विशेष अतिथि तथा एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमूले सम्मान पत्र प्रदान गरे भने अध्यक्ष बिमल तमूले भाङग्रा लगाई दिए ।
मनोरञ्जनात्मक खेलकुद र तमू म्रु (राजा) छनौट:
तमूहरुको परम्परागत खेल छेलो फालेर तमू मु्र (राजा) चुन्ने परम्परालाई कतारका तमूहरुले विगत ५ वर्षदेखि निरन्तरता दिदै आएका छन् । यस वर्ष छेलो खेलमा प्रथम भएर भाचोक कास्कीका डिगम तमू सप्रि ल्होसारको अवसरमा तमू मु्र (राजा) घोषित भए । उनलाई समाजको तर्फबाट विशेष अतिथि अमृत तमूले फेटा र प्रमाण–पत्र प्रदान गरे भने द्वित्तीय हुन सफल रामकृष्ण तमूलाई फेटा लगाई दिएका थिए ।
त्यसै गरि तमू समाज कतार र यसका शाखा समितिका पदाधिकारीहरु र विभिन्न समुहहरु विच डोरी तान्ने प्रतियोगिता पनि सम्पन्न भयो । उक्त डोरी तान्ने खेलमा कुल ११ टीमले भाग लिएका थिए जसमा तमू समाज कतारका सचिव भाईकाजि तमूको नेतृत्वमा रहेको मुल समिति प्रथम हुन सफल भयो भने पुर्व तमू मु्र (राजा) सुवास तमूको नेतृत्वमा रहेको गोर्खा समुह द्वित्तीय हुन सफल भयो ।
भाग्यशालि चिठ्ठाको नतिजा प्रकाशित:
तमू सप्रि ल्होसार सांस्कृतिक महोत्सव २०१३ कतारको सहयोगार्थ समाजले सञ्चालन गरेको भाग्यशालि चिठ्ठाको नतिजा पनि प्रकाशित गरिएको छ । जस मध्ये चिठ्ठा नं. ००१४२ का कञ्चन भाईलाई ल्यापटप उपहार परेको छ भने चिठ्ठा नं.०००३१ का काशीराम अधिकारीलाई डिजिटल क्यामेरा र चिठ्ठा नं.००५३६ का कर्णबहादुर बुढाथोकीलाई सामसुङ ग्यालेक्सी मोबाई उपहार परेको छ । त्यसैगरि मोबाईल सान्त्वना उपहार पाउनेहरुमा क्रमश: चिठ्ठा नं.००००२ का कल्पना तमूस्यो, चिठ्ठा नं.००२०४ का पुष्कर रईका, चिठ्ठा नं.००३८३ का दिलिप, चिठ्ठा नं.००७४५ का धन तमू र चिठ्ठा नं.००९२९ का रोहन चौधरी रहेका छन् । आयोजक समितिले जनाए अनुसार उपहार पाउने व्यक्तिहरुले यहि जनवरी १८ तारिख शुक्रवारसम्ममा समाजका पदाधिकारीहरुसंग सम्पर्क गरेर उपहार लिई सक्नु पर्ने छ ।
मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति:
सांस्कृतिक महोत्सव नाम दिईएको यस वर्षको ल्होसारको महत्वपुर्ण पाटो भनेको तमूहरुको मौलिक सांस्कृतिक प्रस्तुति रहेको थियो । तमू भाषाको गीतमा सामुहिन नृत्यबाट सुरु भएको सांस्कृतिक प्रस्तुति उत्कृष्टको एउटा नमुना थियो । जसमा भाग लिने कलाकारहरुमा शान तमू, टौमाया तमूस्यो, डम्बर पुन मगर, यशोदा बस्नेत, मुनाल तमू र पुनम तमूस्यो थिए । त्यसरी नै कौरा नृत्यमा भाग लिने कलाकारहरुमा सूर्य तमू, दिनेश तमू, रामबहादुर तमू, आशबहादुर तमू (गोर्खा), यशोदा बस्नेत, पुनम तमूस्यो, ईशा तमूस्यो र विना तमूस्यो थिए । सांस्कृतिक प्रस्तुतिको अर्को आकर्षण सालैज्यो भाकामा नृत्य थियो जसमा सूर्य तमू, शरस्वती तमूस्यो, रामबहादुर तमू र रेणुका बस्नेतले भाग लिएका थिए । तमू समाजको चिनारीको रुपमा रहेको घाटु नृत्य यस कार्यक्रमको अर्को आकर्षण रहन गयो । जसमा भाग लिने कलाकारहरुमा टौमाया तमूस्यो, यशोदा बस्नेत र समिक्षा श्रेष्ठ थिए । सांस्कृतिक कार्यक्रमलाई तमू सांस्कृतिक परिवार कतारका सचिव हितमान घले तमूले सञ्चालन गरेका थिए । तमूहरुको मौलिक संस्कृतिमा छ्याटु र ट्होतें महत्वपुर्ण हुन । कतारमा पहिलो पटक तमूहरुको यि मौलिक चिनारीलाई पनि प्रस्तुत गरियो । पमबहादुर तमूको नृतृत्वमा छ्याटु नृत्य प्रस्तुत गरिएको थियो भने दुर्गा तमूले धुपौरेको रुपमा भाग लिएको ट्होतें पनि महोत्सवमा प्रस्तुत गरिएको थियो ।
शुभकामना र स्यों कै (उठाएर खाने)
कतारवासीहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमलाई काठमाण्डौको टुडिखेलमा भएको अनुभुति भएको भन्दै प्रमुख अतिथि तथा नेपाली राजदुतावास कतारका महामहिम राजदुत डा.मायाकुमारी शर्माले निकै प्रशंसा गरेकी थिईन । आफनो मौलिक परम्परा र चिनारीलाई प्रवासमा पनि बचाई राख्न सफल तमूहरुलाई हार्दिक बधाई दिदै आगामी दिनमा अरु प्रगति हुदै जावस भनि शुभकामना दिएकी थिईन साथै कतारमा कुनै समस्या आई परेमा दुतावासलाई सम्झन आग्रह गर्दै कानुन सम्मत आफनो हक अधिकार लिन सचेत रहनु पर्ने र यस कार्यमा संघ संस्थाले सहयोग गर्नु पर्ने बताईन ।
कतारको ल्होसार कार्यक्रम अत्यन्त सफल रहेको र यसबाट अन्य क्षेत्रमा कार्यरत तमूहरुले शिक्षा लिनु पर्ने भन्दै आफनो मन्तव्यको क्रममा विशेष अतिथि तथा तमू प्ये ल्हु संघ हङकङका कोषाध्यक्ष पिताम्बर तमूले बताए । आफनो कतार आगमन साच्चै सफल भएको आफुलाई महसुस भएको समेत उनले बताए ।
तमू समाज कतार सामाजिक कार्यमा समेत अग्रणी रहेको अवस्थामा यो महोत्सवबाट आफनो संस्कृतिलाई प्रवासबाट भए पनि संरक्षण, सम्बर्धन र प्रबर्धन गर्न समाज अत्यन्त सजग रहेको प्रमाणीत गरेको छ । पुर्ण रुपमा नेपालीको चिनारी दिन सफल उक्त कार्यक्रमको सबैले आफनो शुभकामना मन्तव्यको क्रममा मुक्तकण्ठले प्रशंसा गरेका थिए । यसरी मन्तव्य राख्नेहरुमा क्रमश: टिबि कार्की, नरेन्द्र भाट, अमृत तमू, बिनेश तामाङ, सागर नेपाल, चाणक पोखरेल आदि थिए ।
विहान महोत्सव स्थल समाल गार्डेन पुग्ना साथ मीठो सेल रोटी र तरकारीले सबैलाई स्वागत गरिएको थियो भने दिउसो स्यों कैको व्यवस्था गरिएको थियो । समाजका सल्लाहकार तथा नेपाल ट्रेडिङ हाउस (सनैया र बर्वा भिलेज) का प्रबन्धक बुद्धिराज तमूले कार्यक्रम भरि पिउने पानिको व्यवस्था गर्नु भएको थियो । कार्यक्रमको अन्तमा सबैलाई धन्यवाद दिदैं आगामी दिनमा पनि यसरी नै तमूहरुको संस्कृति र परम्परालाई जोगाउने कार्यमा समाज अघि बढ्ने बताउदै अध्यक्ष बिमल तमूले कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमलाई यो रुपमा सफल बनाउन समाजले कार्य विभाजन गरेको थियो । जस अनुसार यातायातको लागि पूर्वाञ्चल सम्पर्क समिति, खाजा र खानाको लागि पश्चिमाञ्चल सम्पर्क समिति, सांस्कृतिक कार्यक्रमको लागि तमू सांस्कृतिक परिवार, खेलकुद र मञ्च व्यवस्थापनको लागि तमू खेलकुद समिति, भाग्यशालि चिठ्ठा र खानाको कुपनको लागि तमू प्ये ताँ ल्हु ताँ समितिलाई जिम्मेवारी सुम्पेको थियो । सबैले आआफनो जिम्मेवारीहरु सफलताका साथ बहन गरेकाले कार्यक्रम सफल भएको प्रारम्भिक निश्कर्ष निकालिएको छ । भन्नेहरुले त यस सफलतालाई तमूहरुको एकताको एउटा उत्कृष्ट नमुना समेत भनेको सुनियो ।