Responsive Ad Slot

latest

ओबामाको सपथ ग्रहण

Monday, January 21

/ by Unknown

एजेन्सी, ८ माघ/ अमेरिकाको राष्ट्रपतिमा पुन: निर्वाचित भएका बाराक ओबामाले औपचारिक रूपमा पदभार सम्हालेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार हिजो २० जनवरीका दिन औपचारिक शपथग्रहण गरे पनि ओबामाले भव्य कार्यक्रम गरी आज पुन: शपथग्रहण गर्दै छन् । हिजो आइतबार अमेरिकामा सार्वजनिक बिदा परेकाले सानो समारोह गरी ओबामाले शपथग्रहणको औपचारिकता मात्र पूरा गरेका थिए ।

यसअघिको कार्यकालमा पनि ओबामाले दुईपटक शपथग्रहण गरेका थिए । कार्यकाल अवधिमा चारपटक शपथ लिने ओबामा सातौँ राष्ट्रपति हुन् । उनको शपथग्रहण समारोहमा करिब आठ लाख व्यक्ति सहभागी हुने सिएनएनले जनाएको छ ।

राष्ट्रपति ओबामाले आज दोस्रो कार्यकालका लागि शपथग्रहण गर्ने तयारी गरिरहँदा उनीसामु पुरानै चुनौतीहरू देखिएका छन् । दोस्रो कार्यकालभर आर्थिक अस्थिरताको विषयले सास्ती दिने विश्लेषणहरू भएका छन् । आतंकवादविरुद्धको युद्ध, बढ्दो बेरोजगारी, सामाजिक असुरक्षा र अव्यवस्थित आप्रवासीलगायतका समस्यासँग पनि राष्ट्रपति जुध्नुपर्ने देखिएको छ ।

यस्तै पछिल्लो समय ओबामाले घोषणा गरेको बन्दुक नियन्त्रण अभियानलाई पनि अमेरिकामा चुनौतीपूर्ण मानिएको छ । यद्यपि यिनै चुनौतीहरू समाधान गरे सफल राष्ट्रपतिका रूपमा स्थापित हुन उनका लागि यो उपयुक्त अवसरसमेत हुनेछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI