Responsive Ad Slot

latest

कांग्रेस कार्य समितिको बैठक जारी

Sunday, January 20

/ by Unknown


काठमाडौँ, ७ माघ/ भातृ संस्थामा देखिएको विवादलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बसिरहेको छ । बैठकमा सभापति सुशील कोइरालाले आफ्नो धारण राखिरहनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा महाधिवेशनका लागि दिइएको ६ महिनाको समय अवधिमा भातृ संस्थाहरूले महाधिवेशन गर्न नसकेका बारे समिक्षा हुने बताइएको छ । यसअघि गएको जेठ अन्तिम साता कांग्रेसले ६ भ्रातृ संस्थाहरूलाई ६ महिनाभित्र महाधिवेशन सक्न निर्देशन दिएको थियो ।

पार्टिले दिएको समय सीमामा भ्रातृ संस्थाहरूको विधानसम्म पारित हुन सकेको छैन । आजको केन्द्रीय कार्यसमितिको बैठकले विधान पारित गर्ने र महाधिवेशनका लागि दबाब दिने कांग्रेसले जनाएको छ ।

यसअघि भ्रातृ संस्थाभित्रको विवाद मिलाई महाधिवेशन गराउने जिम्मेवारी काङग्रेसले महामन्त्री  प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI