काठमाडौँ, ७ माघ/ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी चार वर्षमा नेपालका गाउँलाई धुवाँरहित बनाउने घोषणा गर्नुभएको छ ।
आज बिहान राजधानीमा नवीकरणीय ऊर्जा सप्ताहको उदघाटन गर्दै प्रधानमन्त्री डा. भट्टराईले नेपालका सबै घरलाई धुवाँमुक्त गर्ने अभियान थालिने बताउनुभयो । सन् २०१७ सम्ममा नेपालका सबै घर धुवाँमुक्त बनाउन सरकारी तवरबाट पनि पहल थालिने प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।
प्रधानमन्त्री भट्टराईले नेपालमा ऊर्जा संकट कम गर्न नवीकरणीय ऊर्जाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । नेपालमा विद्यमान ऊर्जा संकट समाधानका लागि सरकारले कुनै पनि कसुर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाइ छ ।