तनहु“, ९ माघ ÷ व्यास नपारपालिका–१ चारकुने निवासी कृष्णमुरारी मिश्रले नेपाल पत्रकार महासंघ तनहँुको भवन निर्माणको लागि ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । चारकुने स्थित दमौली सः मिल एण्ड उड वर्क प्रालिका सञ्चालक समेत रहेका मिश्रले सोमबार देवघाट गाविस–८ को आमडाँडामा नेपाल पत्रकार महासंघ तनहँु शाखाका अध्यक्ष प्रेमप्रसाद पौडेललाई सो रकम प्रदान गरे । सो अवसरमा महासंघका उपाध्यक्ष एसवी नेपालीको पनि उपस्थिति थियो ।जिल्ला वन कार्यालयको आयोजनामा सोमबार देवघाट गाविसको आमडाँडा क्षेत्रमा अम्रिसो खेतीको अवलोकनको लागि गएको अवस्थामा मिश्रले सो रकम प्रदान गरेका हुन् । महासंघ जस्तो सामाजिक संस्थाको भवन निर्माणमा आफ्नो तर्फबाट केही सहयोग गर्न पाएकोमा मिश्रले खुसी व्यक्त गरे । रकम ग्रहण गर्दै महासंघका अध्यक्ष पौडेलले भवन निर्माणकोलागि सहयोग प्रदान गर्ने मिश्रलाई धन्यवाद व्यक्त गर्दै अन्य संघ संस्था तथा व्यक्तिलाई पनि महासंघ भवन निर्माणमा सहयोग गर्न आह्वान गरे ।