Responsive Ad Slot

latest

अधिकृत बिक्रेताको केन्द्र बन्दै आँबुखैरेनी

Wednesday, January 23

/ by Unknown
आँबुखैरेनी १० माघ / पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी बजार कम्पनीहरुको हब केन्द्र बन्दै गएको छ । विभिन्न वस्तु उत्पादक कम्पनीहरुले व्यापारिक केन्द्रको रुपमा आँबुखैरेनी रुचाइदै गएको लोकेशन बनेको छ । आँबुखैरेनीमा खाद्यान्न तथा पेयतर्फका देशका विभिन्न वस्तु उत्पादक कम्पनी करिब ९० प्रतिशत कम्पनीका अधिकृत बिक्रेताहरु रहेका छन् । यहाँ अहिलेसम्म ७१ वटा कम्पनीका १८ वटा अधिकृत बिक्रेता(डिलर)हरु स्थापित भइसकेका छन् ।नयाँनयाँ कम्पनीहरु बजारमा आएसँगै आँबुखैरेनीमा डिलर स्थापना गर्ने क्रम बढीरहेको छ । गोरखा, तनहुँ, लमजुङ, धादिङ र चितवनको पृथ्वीराजमार्गको खण्डमा बजार प्रबद्र्धन गर्न कम्पनीहरुलाई सजिलो हुने र केन्द्रबिन्दुमा पर्ने हुनाले डिलर कायम गर्ने गरिएको आँबुखैरेनीका व्यवसायी हरिभक्त श्रेष्ठ बताउँछन् । यहाँ डिलर दिएपछि यी जिल्लामा उनीहरुको वस्तुहरुको बजारीकरण गर्न कम खर्चिलो पनि पर्ने श्रेष्ठले बताए । क्ष्आँबुखैरेनी तीन दशकदेखि डिलरको केन्द्र बन्दै आएको छ ।अन्य जिल्लामा सजिलोसँग बजार प्रवद्धर्न गर्न सकिने भएकोले कम्पनीले आँबुखैरेनीमा अधिकृत बिक्रेता चयन गर्नुको प्रमुख कारण रहेको श्रेष्ठ तर्क गर्छन् । आँबुखैरेनीमा डिलर राखेर तनहुँसँगै छिमेकका चारवटा जिल्लामा बजार प्रवद्र्धन गर्न सकिने भएकोले कम्पनीहरुले आँबुखैरेनीमा डिलरको चाह राख्ने र स्थापना गर्ने गरेको एसियन थाइफुड्सका एसिया सेल्स मेनेजर प्रनील श्रेष्ठ बताउँछन् । कम्पनीको पाइलटिङमा आँबुखैरेनी पनि हब लोकेशनमा पर्ने गरेको प्रनील श्रेष्ठले दाबी गरे । एयिसन थाइफुड्सको बार्षिक करोबार ४ देखि साढे चार करोड रहेको उनले बताए ।सुरक्षा, सजिलो आवतजावत, जनसंख्याको चाप र गाउँगाउँमा पनि सडक जानुले आँबुखैरेनी झनै डिलरहरुको केन्द्र बिन्दुको रुपमा रहेको छ । दश वर्षे द्धन्दमा पनि कुनै पनि अधिकृत बिक्रेतालाई कुनै नकारात्मक प्रभाव नपुराएको हरिभक्त श्रेष्ठ बताउँछन् ।कम्पनीहरुले बजारबाट पाउने गरेको मुनाफाले पनि आँबुखैरेनी डिलरको सबैभन्दा हब स्थान भएको हो । सबै डिलरहरुको गरेर यहाँको बार्षिक कारोबार डेढ अर्बभन्दा बढी रहेको छ । कम्पनीहरु केही पहिले ५० लाखसम्म पनि उधारोमा दिएर डिलर कायम गर्ने गरेकोमा अहिले उधारो दिन छाडेको देउरालीका व्यवसायी चिरन श्रेष्ठले बताए । नगद प्रवाह, बैंक ग्यारेन्टी विना कम्पनीहरुले डिलर दिन नचाहने पनि चिरन बताउँछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI