Responsive Ad Slot

latest

वैद्यद्वारा पुन:बन्दुक उठाउने चेतावनी

Wednesday, January 16

/ by Admin BHOLA THAPA
काठमाडौँ, ३ माघ/  नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले जनताको अधिकारका लागि बन्दुक उठाउन पछि नपर्ने बताउनुभएको छ । पार्टी माहाधिवेशनका निर्णय सार्वजनिक गर्न राजधानीमा ओजित कार्यक्रममा १० वर्षको द्वन्द्वले जनताका अधिकार सुश्चित गर्न नसकेकाले पुन: बन्दुककै आवश्यकता रहेको बताउनुभएको हो ।

वैद्यले वर्तमान सरकार हटाउनका लागि आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभएको छ । कार्यक्रममा अध्यक्ष वैद्यले सहमतियसरकार गठन नगरी देशले निकास नपाउने बताउँदै उहाँले जनआन्दोलनमा जानुको विकल्पनरहेको बताउनुभएको हो ।

उहाँले जनयुद्धपछि शान्ति प्रक्रिया मार्फत अगाडि बड्ने क्रममा एकीकृत माओवादीले पार्टीको मूल रणनितिलाई छाडेर संसोधनवादको बाटोतर्फ गएकोले पार्टी विभाजन हुन पुगेको बताउनुभयो । एमाओवादीमा रहदा राष्ट्रिय स्वधिनतामा नराम्रो आच आएकाले नयाँ जनवादी क्रान्ती आफ्नो पार्टीले सफल बनाउने विश्वास व्यत्त गर्नुभयो ।

उहाँले विचार मिल्ने साना पार्टीहरूसँग चाडै एकाताको प्रक्रियाअघि बढाउने बताउनुभयो ।

वैद्यले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको विषयलाई उठान गरे देशमा परिणाम राम्रो नआउने चेतावनी दिनुभयो । उहाँले सरकार र माओवादीबाट हजारांै जनतामा यस्ता घटना घटेको बताउँदै पत्रकारले एकलौटी समाचार लेखेको आरोप लगाउनुभयो ।

‘एक पक्षीय समाचार लेख्न पाइदैन’ वैद्यले भन्नुभयो, ‘यसरी एकपक्षीय समाचार लेख्ने र माओवादीलाई मात्रै दोषी देखाउने र द्वन्द्वमा फेरि पुर्‍याउने हो भने त्यो बेला फेरि अन्य पत्रकारलाई समस्या पर्न सक्छ ।’

 
Don't Miss
© all rights reserved
made with by netKUTI